काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले शुरु गरेको निःशुल्क सार्वजनिक शौचालयको अभियानमा हातेमालो गरेर विद्यालय परिसरमा निःशुल्क सार्वजनिक शौचालय स्थापना गर्ने काठमाण्डौ महानगरपालिका वडा नं ३१ शान्तिनगरको बेबिलोन नेशनल स्कुल पहिलो स्कुल बन्न सफल भएको छ ।
महानगरपालिकासंग सहकार्य गर्दै हाल महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका ३६ वटा निःशुल्क सार्वजनिक शौचालयमध्ये बेबिलोन स्कुल पहिलो शैक्षिक संस्था भएको उल्लेख गर्दै शैक्षिक विकास तथा सामाजिक उत्तरदायीत्व निर्वाह गरेको भन्दै काठमाण्डौ महानगरपालिकाले बेबिलोन स्कुललाई धन्यवाद समेत दिएको छ ।
साथै विद्यालय परिसरमा सञ्चालित निःशुल्क सार्वजनिक शौचालयको सरसफाईको लागि आवश्यक पर्ने विभिन्न ३६ प्रकारका सामग्रीसहितको बाकस काठमाण्डौ महानगरपालिकाका अधिकृत भिमसेन केसीले बेबिलोन स्कुलकी अभिभावक संयोजक कमला केसीलाई हस्तान्तरण गरेका छन् ।
निःशुल्क सार्वजनिक शौचालयको सरसफाईको लागि आवश्यक पर्ने ३६ प्रकारका सामग्रीमा बाल्टी, कुचो, खरेटो, ट्वाइलेट पेपर, डस्टबिन,जाम खोल्ने पम्प,प्राथमिक उपचार बाकस, हात धुने साबुन, झोल साबुन, डेटोल, फिनेल लगायतका सामग्री छन ।