बैदेशीक रोजगारिका श्रमिकले भोग्नु परेका समस्या समाधानका लागि पहल गरिदिन प्रदेश सदस्य तामाङसँग आग्रह

72

युएई । संयुक्त अरब ईमिरेट्स युएईमा रहेका नेपालीहरुले रोजगारीको शिलसिलामा भोग्नु परेका समस्या समाधानका लागि पहल गरिदिन प्रदेश सांसद कृष्ण कुमार तामाङ समिर संग आग्रह गरेका छन् ।नेपाली जनसम्पर्क समिती (यु.ए.ई) ले आयोजना गरेको भेटघाट तथा सम्मान कार्यक्रमका लागि युएई पुगेका तामाङसंग युएईमा रहेका बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुले भेट गरी श्रमिकले भोग्नु परेका समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।

भेटघाटपछि सांसद तामाङले युएईमा रहेका श्रमिकहरुले भोग्नु परेका समस्याहरुको समाधानका लागि आफूले सकेको सहयोग गर्ने आश्वासन समेत दिएका छन् ।अनौपचारिक भ्रमणको क्रममा युएई पुग्दा त्यहाँका नेपालीहरुले दिएको माया र सम्मानले काम गर्ने हौसला बढाएको समेत बताएका छन् । भुवानी प्रसाद तिमल्सिनाको सभापतित्वमा भएको कार्यक्रममा नेपाली जनसम्पर्क समिती युएईका प्रमुख सल्लाहकार एवं गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद मध्यपुर्वका संयोजक मनोज गोर्खाली,नेपाली जनप्रगतिसिल मन्चका प्रमुख बाबुराम विश्वकर्मा एनआरएनए युएईका अध्यक्ष बिकास शाही र एनआरएनए युएईका संरक्षक एवं निवर्तमान अध्यक्ष ठाकुर प्रसाद ढुंगाना सहभागी भएका थिए ।

यस्तै कार्यक्रममा नेपाली जनसम्पर्क समिती युएईका महामन्त्री हरि खड्का ,नेपाली जनसम्पर्क समिती युएईका सह–महामन्त्री द्वय प्रताप सिंह तामाङ र तुलसिराम भुसाल ,आईसीसी सदस्य पुष्कर सापकोटा ,मणि भुर्तेल,एनआरएनए युएईका महासचिव भुवन कुमार वाग्ले ,जनसम्पर्क समिती युएई का सल्लाहकार कृष्ण गौतम ,राजेन्द्र अधिकरी समेत सहभागि भएका थिए ।