४ लाख १७ हजार सहित भक्तपुर थिमीबाट १३ जुवाडे पक्राउ

77

भक्तपुर । भक्तपुरको थिमीबाट ४ लाख १७ हजार ४२५ नगद सहित १३ जुवाडे पक्राउ परेका छन् ।
मध्यपुर थिमी नगरपालिका वडा नम्वर ३ कौशलटार स्थित प्रेम कुटुको घरमा रहेको ऊँ होटलमा हारजित हुने गरी जुवा तास खेलिरहेका १३ जनालाई प्रहरीले पक्राउ गरेका छ ।

पक्राउ पर्नेमा होटल संचालक प्रभु खड्का , राजकुमार लामा, सरोज वाईबा, कृष्ण बहादुर मोक्तान, दिप बहादुर तामाङ, अर्जुन थापा, टिका बराल, हेम बहादुर खत्री, दावा लामा, खड्ग थापा, महन्त चौधरी, जित बहादुर बि.क र सिताराम बानियाँ पक्राउ परेका हुन् ।
उनीहरुलाई जुवा ऐन अन्तर्गत कारवाही अगाडी बढाइएको प्रहरीले जानकारी दिएको छ ।