भक्तपुर र काभ्रेका रोकिएका ठाउँमा आज मतदान हुँदै

529

चाँगुनारायण नगरपालिका–६ स्थित वडा कार्यालय अर्थात साविक नगरकोट गाविस भवनको मतदान केन्द्रमा मतदान भइरहेको हो ।   यो केन्द्रमा गएको आइतबार मतदानका क्रममा आफ्नो चुनाव चिन्ह ‘मादल’ नै नभएको मतपत्र वितरण गरिएपछि मतदान भएको हो ।

मतदान स्थगित भएको काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर ४ मा  मतदान सुरु भएको छ । जनक मावि केन्द्रमा मतदान सुरु भएको हो ।  गएको शनिबार गोली चल्दा स्थानीय नवराज पाठकको ज्यान गएपछि त्यहाँ मतदान रोकिएको थियो ।

यस्तै धुलिखल नगरपालिका वडा नम्बर १२ मा पनि मतदान सुरु भएको छ । धुलिखेलको शंखेश्वरी मावि र सामुदायिक भवन इट्टेमा मतदान सुरु भएको हो  । राप्रपाका उम्मेदवारको निधन भएपछि त्यहाँ चुनाव रोकिएको थियो । यसैबिच भक्तपुरको चाँगुनारायण नगरपालिकामा पनि मतदान हुँदैछ ।