
भक्तपुर । भक्तपुरमा राम्रो ट्युसन सेन्टरको अभावलाई मध्यनजर गर्दै भी एच एस भक्तपुरले हरेक विषयको ट्युसन पठाउने भएको छ ।
विश्व भर जर्मन भाषा परीक्षा तथा अध्यापनको लागि ख्याति कमाएको भी एच एस ले विद्यार्थीहरूको शैक्षिक गुणस्तर उकास्न भक्तपुरमा ट्युसन सेन्टर समेत चलाउने भएको छ ।
भक्तपुरमा राम्रो ट्युसन सेन्टरको अभावका कारण विद्यार्थी ट्युसन लिन नै काठमाडौँ सम्म धाउनु पर्ने बाध्यता रहेको महसुस भएपछि भी एच एसले उत्कृष्ट शिक्षकहरू हायर गरेर भक्तपुरमा नै ट्युसन सेन्टर चलाउन लागेको भी एच एस भक्तपुरका संस्थापक सरोज बास्तोलाले जानकारी दिनुभयो ।
उहाँका अनुसार भी एच एस भक्तपुरले हाल विज्ञानका हरेक विषय, व्यवस्थापन तथा मानविकी साथै व्याचलर र मास्टरका जुन सुकै विषयमा पनि आफूहरू ट्युसन पठाउन तयार भएको बताउनुभएको छ ।
हामी सँग उत्कृष्ट शिक्षकहरू हुनुहुन्छ उहाँहरूको माध्यमबाट हामी उत्कृष्ट नतिजा दिलाउन र भक्तपुरको शैक्षिक गुणस्तर उकास्न हरदम प्रयासरत रहेका छौँ । बास्तोलाले बताउनुभयो ।
भी एच एसले जर्मन भाषा पढाउने तथा परीक्षा लिने मात्र भन्ने जनमानसमा रहेको छ अव हामी हरेक विषयको ट्युसन पनि दिन्छौँ जसका लागि एकै स्थानमा उत्कृष्टता कक्षाकोठामा हामी उत्कृष्ट शिक्षकबाट कक्षा दिन तयार रहेको समेत उहाँले बताउनुभयो ।
भी एच एस भक्तपुर आदर्श स्थित सिद्धि स्मृति अस्पतालको अगाडी रहेको छ ।
Related