कोन्ज्योसोम गाउँपालिकाद्धरा ब्याडमिन्टन प्रतियोगिता

35

ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले निजामती सेवा दिवसको सन्दर्भमा ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको छ ।
निजामती सेवा दिवसमा रचनात्मक क्रियाकलाप गर्ने उद्देश्यले ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरेको हो । सोमबारदेखि सुरु भएको प्रतियोगिताको गाउँपालिका अध्यक्ष कृष्णमान लामाले उद्घाटन गर्नुभयो । प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष लामाले खेलमैत्रीपूर्ण हुने विश्वास गर्दै प्रतियोगिताको भव्य सफलताको शुभकामना प्रदान गर्नुभयो ।
२० जना खेलाडीको सहभागिता रहेको दशवटा टीमबीच प्रतियोगिता हुने कोन्ज्योसोम गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले कार्यालय समय अगाडि र पछाडी विहान र बेलुका प्रतियोगिता हुने बताउनुभयो ।

उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष, वडाध्यक्ष र गाउँपालिकाका विभिन्न शाखाका कर्मचारीके सहभागिता रहेको छ । सरकारले निजामती सेवा दिवस सिर्जनशील र नवप्रवर्तनीय कार्यक्रम गरी मनाउन यस अगाडि नै सबै स्थानीय तहलाई समेत परिपत्र गरेको छ ।
संघीय सरकारले मुख्य सचिव डा. वैकुण्ठ अर्यालको अध्यक्षतामा निजामती सेवा दिवस मूल समारोह समिति गठन गरेको छ । सरकारले हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रुपमा मनाउँदै आएको छ ।
निजामती सेवा दिवसको सन्दर्भमा निजामती कर्मचारीको हकहित र कल्याणका सन्दर्भमा सरोकारवालाबीच अन्तक्रिर्या गर्ने, प्रदेश र स्थानीय तहको समेत सहभागितामा सरसफाइ, रक्तदान, स्वास्थ्य शिवीर, खेलकुद, वृक्षरोपण लगायतका कार्यव्रmम आयोजना गर्न मन्त्रालयले स्थानीय तहलाई अग्रह गरिसकेको छ । सरकारले यस वर्ष “व्यावसाहिक र सिर्जनशील प्रशासन : विकास समृद्वि र सुशासन” भन्ने नारा तय गरेको छ ।