कोन्ज्योसोमलाई उपत्यकाकै प्रमुख पर्यटकीय गन्तव्य बनाउन सकिन्छ

85

आकर्षक पर्यटकीय स्थल रहेका दक्षिण लालितपुरको कोन्ज्योसोम गाउँपालिका काठमाडौँ उपत्यकाको भित्रको नजिकको आकर्षक पर्यटीय गन्तव्यको केन्द्र हो । गाउँपालिकामा भएका संभावनालाई व्यवहारमा उर्तानका लागि गाउँपालिकाले अहिले गरेका काम र अगामी योजनाका बारेमा गाउँपालिकाका अध्यक्ष कृष्णमान लामासँग हाम्रा संवाददाताले गर्नु भएको कुराकानीको सम्पादति अंंश यहाँ प्रस्तुत गरिएको छ ।

पर्यटनको संभावना बोकेको कोन्जयोसोममा पर्यटन पूर्वाधार गर्ने योजना केके छन् ?

कोन्ज्योसोम गाउँपालिकामा पर्यटनको धेरै संभावना बोकेको गाउँपालिका हो । पर्यटन प्रबद्र्धन र भौतिक पूर्वाधार निर्माण गरी सोको प्रचारप्रसार गर्न अहिले हामी सरोकारवालासँग छलफलको चरणमा छौं । सगम्र पक्षहरुसँग छलफल गरी भोलीका लागि नतिजामूखी परिणाम आउने गरी काम गर्दैछौ । गाउँपालिकाको पाँचवटै वडा त्यक्तिकै पर्यटनको संभावना बोकेका वडाहरु हुन् । काठमाडौं उप्त्यकादेखि तराईलाई देख्न सकिने कोन्ज्योसोम प्रतिमा बनाएका दलचोकीको तीनपाने भञ्ज्यांकसम्म पर्यटनको प्रचुर संभावना भएको डाँडाँ हो । संभावना भएका ठाउँलाई पर्यटन पूर्वाधार निर्माण गर्दै जाने नीति गाउँपालिकाको छ ।

कोन्ज्योसोमको पानी उपत्यकामा ल्याउने भन्ने तपाईको योजना थियो त्यो योजना कहाँ पुग्यो ?

गाउँपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा ठोट्ने खोलामा बहुउद्देश्य ड्यामबाट संभावना भएका जत्ति विद्युत उत्पादन गर्ने, मत्स्य पालन गर्ने कृषि प्रबद्र्धन गर्ने र सो पानीलाई नल्लु खोलामा झारेपछि सो पानीले गोदावरी नगरपालिका र ललितपुर महानगरपालिकालाई प्रदान गर्ने गरी योजना बनाउँदै छौं । यस कामका लागि अहिले हामी अध्ययनकै क्रममा छौं ।

चालु आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रमको ठोस लक्ष्य के के हो ?

यस वर्ष हामीले विशेष गरी गाउँपालिकामा कृषि र पशुपालनका प्रबद्र्धन गर्ने र गुणस्तरीय शिक्षा प्रदान गर्ने योजना बनाएका छौं । अहिले सो कामको अनुगमन गर्ने चरणमा छौं । अनुगमनबाट प्राप्त तथ्यांकका आधारमा योजना बनाएर काम गर्नेछौं । अब हामी हाम्रो गाउँपालिकामा कम्तिमा चारदेखि पाँचवटा विद्यालयलाई विग विद्यालय बनाउने योजनामा छौं । नमूना विद्यालय सबैले बनाएका छन् तर अब हामीले केही विद्याललाई विग विद्यालय बनाउँछौं । विग विद्यालयकै शैलीमा अन्य विद्यालयको व्यवस्थापन गर्ने योजना छ । अहिले सरकारले बनाएको मापदण्ड अनुसारको भवन मात्र बनाएर विद्यालय नमूना हुँदेन । यसलाई आफ्नै मौलिक विद्यालय बनाउने तयारी गरेका छौं । हामीले विद्यालयलाई गुणस्तरीय शिक्षा प्राप्त गर्ने थलोको रुपमा विकास गर्दैछौ ।

तपाई निर्वाचित भएको पन्ध्रमहिनामा के के काम भएका छन् ?

बिगतको भन्दा अहिले हामी निर्वाचित भएर आएपछि हामीले भौतिक पूर्वाधारको कामलाई पारदर्शी र व्यवस्थित ढंगले अगाडि बढाएका छौं । अहिले गाउँपालिकामा तीन किलोमिटर बाटो कालोपत्रे भएको छ । विर्खेधारा दलचोकी शंखु मध्यमार्गी बाटो, लेले चन्दनपुर बाटोहरु कालोपत्रे गर्ने क्रममा छ । आगामी वर्षसम्ममा गाउँपालिका भएको ठाउँसम्म कालेपत्रे हुन्छ । अन्य बाटोहरु स्तरउन्नती गर्छाैं । एक वर्षमा सबै वडाको भित्री बाटोहरुमा सडक पूर्वाधार बनाइसक्ने योजना गाउँपालिकाको छ ।

अबको करिब चार वर्षमा गर्ने महत्वपूर्ण कामहरु केके हुन् ?

सबै भन्दा पहिला कोन्ज्योसोम गाउँलाई आर्थिक रुपले समृद्ध बनाउने जुन काम कृषि र पर्यटनबाट संभव छ । डेस्टिनेशन कोन्जयोसोम चलाउने हाम्रो अभिायन छ । कोन्ज्योसोम गाउँपालिका गुणस्तरीय शिक्षा भएको गाउँपालिका हो भन्ने देखाउँछौं । पूर्वधार विकासमा नमूना बनाउने, रोजगारीको अवसर सिर्जना गर्ने कामको योजना बनाउन हामी अहिले विज्ञहरुसँग छलफल गर्ने क्रममा छौं ।