बागमती प्रदेशसभामा नेम्वाङ निधनको शोक प्रस्ताव पारित

40

 

मकवानपुर । बागमती प्रदेशसभाको आज बसेको बैठकले संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले उक्त शोक प्रस्ताव पारित गरियोस् भनी बैठकमा प्रस्ताव प्रस्तुत गरेका थिए ।

शोक प्रस्ताव सर्वसम्मतिले पारित गर्दै स्व नेम्वाङको आत्माको चिरशान्तिको कामनाका लागि एक मिनेट मौनधारणसमेत गरिएको थियो ।

साथै बैठकले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

नेम्वाङको गत भदौ २६ गते हृदयघातका कारण निधन भएको थियो ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको अर्को बैठक आगामी असोज १४ गते बिहान ११ बजे बस्ने गरी आजको बैठक स्थगित गरे ।