लायन्सले मध्यपुर थिमीमा सम्पदा पदयात्रा गर्दै

129

भक्तपुर । विश्व मुटु दिवस (सेप्टेम्बेर २९) को अवसरमा २०८० असोज १३ गते “मुटुको प्रयोग गर्नुहोस मुटुको बारेमा थाहा पाउनुहोस” भन्ने अभियानलाई सफल पार्न मध्यपुरमा लायन्स क्लबकाे आयाेजनामा सम्पदा पदयात्रा गर्ने भएको छ।

मध्यपुर नगर भित्र अवस्थित एतिहासिक एंव सांस्कृतिक महत्वका सम्पदाहरुको संरक्षण एवं प्रवर्धन गर्ने उद्धेश्यले सम्पदा पदयात्रा आयोजना गर्न लागिएको आयोजक संस्ठाहरु लायन्स क्लब अफ् भक्तपुर मेरिगोल्ड, लायन्स क्लब अफ् भक्तपुर बालकोट, लायन्स क्लब अफ् भक्तपुर चांगुनारायण, लायन्स क्लब अफ् भक्तपुर प्रिन्सिपल र लायन्स क्लब अफ् भक्तपुर नीलकंठेश्वरले आज पत्रकार सम्मेलन मार्फत जनाएका छन्।

एतिहासिक सम्पदाको शहर मध्यपूर थिमिका विभिन्न सांस्कृतिक, पुरातात्विक एवं ऐतिहासिक महत्वका सम्पदास्थलहरुको अवलोकन गर्न एक बृहत पदयात्राको आयोजना गरिएको आयोजक उद्दव सिलवालले जानकारी दिनुभयो ।

सम्पदा पदयात्रा असोज १३ गते शनिबार बिहान ७ बजे मध्यपुर थिमीको शंखधर चोकबाट सुरु भई बालकुमारी मन्दिर, दुइ पोखरी, भुलाखेल, पाटी विहार, सिद्धिकाली मन्दिर, सिद्धि गणेश मन्दिर, नगदेश, बुद्धबिहर नगदेश, नीलकण्ठेश्वोर, तिगनी, बोडे, कमलपोखरी हुदै ११ बजे बोडेको बालकुमारी मन्दिर परिसरमा पुगेर विविध सांस्कृतिक कार्यक्रमका साथ समापन हुने सिलवालले जानकारी दिनुभयो ।

पदयात्राक क्रममा सम्पदा अवलोकन संगै सम्बन्धित सम्पदाविदबाट सम्पदाको जानकारी, सांस्कृतिक झाकी, नृत्य र नेवारी भोजनको समेत व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।