नगरसभाको चार महिना पछि मध्यपुर थिमीको बाजेट र योजना पुस्तीका सार्वजनिक

34

भक्तपुर । नगरसभाको चार महिना पछि मध्यपुर थिमीले आफ्नो बजेट र योजना पुस्तक सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८०- ०८१ को लागि असारमा नै बजेट ल्याएपनि नगरपालिकाले पुस्तक भने हाल मात्र सर्वजनिक गरेको हो ।

नगरपालिकाले बिहिवार आर्थिक वर्ष २०७९-०८० को वार्षिक नीति तथा कार्यक्रम, बजेट, कार्य योजना र सेवा प्रवाहको बारेमा वार्षिक प्रगतीको समिक्षा कार्यक्रममा आगामी आर्थिक वर्ष २०८०-०८१ को विनियोजन ऐन २०८०, नीति तथा कार्यक्रम, बजेट र योजनासहितको पुस्तिका समेत सार्वजनिक गरेको हो ।

बजेट ल्याएको केहि समयमा नै पुस्तक सार्वजनिक गर्नु पर्नेमा एक चौमासिक सकिन लाग्दा बल्ल नगरपालिकाले आफ्नो बजेट पुस्तक सार्वजनिक गरेको छ ।

नगर प्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख विजयकृष्ण श्रेष्ठले संयुक्त रुपमा बजेट पुस्तीका सार्वजनिक गर्नुभएको थियो ।
बजेट पुस्तीका समयमा नआउँदा बजेट कार्यान्वयनमा समेत ढिला हुने जनप्रतिनिधिहरुको नै गुनासो रहेको थियो ।