सिद्धि स्मृतिअस्पतालमा चेतनामूलक आत्मरक्षा प्रशिक्षण कार्यक्रम सम्पन्न

102

भक्तपुर ।
सिद्धि स्मृति अस्पतालको आयोजनामा नेपाल हाप्किडो संघको सहकार्यमा असोज १६ गते सिद्धि स्मृति अस्पतालको कर्मचारीहरुको लागि एकदिने चेतनामूलक आत्मरक्षा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
आत्मरक्षा प्रशिक्षण कार्यक्रमकोे समुद्घाटन सिद्धि स्मृति अस्पतालका संस्थापक अध्यक्ष श्याम सुन्दर धौभडेलले गर्नु हुदै वहाँले वर्तमान अवस्थामा हरेक नागरिक, पेशाकर्मी सुरक्षित हुन आत्मरक्षा तालिमको विशेष महत्व रहेको बताउनु भयो ।
कार्यक्रममा नेपाल हाप्किडो संघका केन्द्रिय उपसचिव एवं कार्यक्रमका प्रमुख प्रशिक्षक पद्मा खयरगोलीले आत्मरक्षा सम्वन्धी सचेतनामुलक प्रस्तीकरणको साथै आफ्ना कार्यअनुभवहरुबारे प्रकाश पार्नु भएको थियो । वहाँले वर्तमान अवस्थामा चिकित्सक नर्सलाई पनि कुरै नबुझि हातपात तथा वदनाम गर्ने परिपातिको हावि भएको अवस्था छ, भन्नुभयो ।

वहाँले भैपरिआएको खण्डमा आफ्नो सुरक्षा गर्न अरुको सहयोग भन्दा स्वयंबाट परिस्थितिको सामना गर्न बल भन्दा नि विभिन्न साधारण टेक्निकहरु प्रशिक्षार्थीहरु विच प्रस्तुत गर्नु भएको थियो । उक्त प्रशिक्षण कार्यक्रममा भक्तपुर हाप्किडो संघका उपाध्यक्ष एवं आत्मरक्षा प्रशिक्षक रविन श्रेष्ठ, नेपाल हाप्किडो संघ बाग्मती प्रदेशको उपाध्यक्ष तथा प्रशिक्षक मन्दिरा शाक्यले पनि सहयोग गर्नु भएको थियो ।
सिद्धि स्मृति अस्पतालकाका विभिन्न विभागका कर्मचारीहरुको उपस्थितिमा सम्पन्न आत्मरक्षा प्रशिक्षणमा प्रशिक्षार्थीको तर्फबाट डा. सरिता सितौलाले आत्मरक्षा प्रशिक्षण धेरै आत्मबल मिलेको यस्तो कार्यक्रमहरु हरेक क्षेत्रमा समयसमयमा हुनुपर्ने बनाउनु भयो । सुपरभाइजर चन्द्रावति चित्रकारले पनि बोल्न भएको थियो ।


सिद्धि स्मृति प्रतिष्ठान अन्तरगत आउट शाखाको तत्वावधानमा संचालित चेतनामुलक आत्मरक्षा प्रशिक्षण कार्यक्रममा धन्यवाद ज्ञापन गर्नुहुंदै ओपरेशनल डाइरेक्टर अनिल राजभण्डारीले कार्यक्रम महत्वलाई उजागर गराउनु भयो, पुनः यस्तो कार्यक्रमहरु कर्मचारीको लागि गराउदै जाने कुरा पनि राख्नु भयो । कार्यक्रमको  उद्घघाेषण आउटरिच विभागका रचना बनेपालीले गर्नु भएको थियो ।