रिगलको रिहाइमा आर्थिक चलखेल भएको छ : गगन थापा

76

काठमाडौँ ।  नेपाली कांग्रेसका सांसद गगन थापाले अदालतबाट दोषी ठहर भएका योगराज ढकाल ‘रिगल’को रिहाइमा आपत्ति जनाएका छन्।

प्रतिनिधिसभाको बैठकमा समय बोल्दै थापाले रिगलको रिहाईमा आर्थिक चलखेल भएको समेत गम्भीर आरोप लगाएका छन् ।

थापाले भने,‘६७० जना रिहाइ हुँदा केहीलाई कानूनी छिद्र खोजेर पनि उन्मुक्ति दिइएको छ । गम्भीर अपराधमा दोषी ठहर भएकालाई कैद मिनाहा गरिएको छ । यसमा गम्भीर प्रश्न उठेको छ । सरकारले संसदमा उभिएर कारण बताउनुपर्छ । जवाफ दिनपर्छ । भाग्न पाइदैन । सार्वजनिक प्रश्न उठेपछि जवाफ दिनुपर्छ’ , ‘आर्थिक अनियमितताको प्रश्न उठेको छ । कसको सिफारिस गर्ने र कसकोमा नगर्ने ? यसमा ठूलो आर्थिक चलखेल छ । यसतर्फ ध्यान जानुपर्छ ।’

अपराधमा दोषी देखिएकालाई रिगलाको रिहाइबारे सरकारले जवाफ दिनुपर्ने भन्दै थापाले सरकारसँग माग गरेका छन् ।