इजरायली स्वयमसेवक ‘जीवनका लागि नायकहरु’

स्वयमसेवा गर्न काठमाण्डौमा

84

काठमाण्डौ। इजरायली गैरसरकारी संस्था ‘हिरोज फर लाइफ’ अर्थात ‘जीवनका लागि नायकहरु’ संग आवद्ध ३४ जना स्वयमसेवक युवाहरु २ हप्ताको लागि नेपाल आइपुगेका छन् ।
उनीहरुले आफ्नो दुईहप्ते बसाईका क्रममा काठमाण्डौका विभिन्न सामुदायीक विद्यालयको भौतिक संरचना निमार्णको साथै शिक्षा विकासमा सहयोग गर्नेछन् ।


उनीहरु काठमाण्डौको शान्ति शिक्षा मन्दीर ठहिँटी, नन्दीरात्री मावि नक्साल, पञ्चायन सेलेस्टियल स्कुल टोखा, नारायण जन मावि चन्द्रागिरी— ९ मच्छेगाउँ र किटीनी मावि गोदावरी, ललितपुरमा दुईहप्तासम्म स्वयमसेवा गर्नेछन् ।
बिहीबार नेपाल आइपुगेका इजरायली स्वयम्सेवकहरुलाई नेपालका लागि इजरायली राजदूत हनान गोडरले विशालनगरस्थित आफ्नो निवासमा स्वागत गर्दै उनीहरुको दुईहप्ते स्वयमसेवाबाट यहाँका विद्यालय र विद्यार्थीले लाभ लिने विचार व्यक्त गरे ।


इजरायल र नेपालवीचको सम्वन्धलाई बलियो र मजबुत बनाउन इजरायली स्वयमसेवकहरुबाट जनस्तरदेखि नै मद्धत पुग्ने पनि राजदूत गोडरले विश्वास व्यक्त गरे ।
जीवनका लागि नायकहरु संस्थामा आवद्ध स्वयमसेवकहरु हरेक वर्ष ती विद्यालयमा आएर स्वयमसेवा गर्दै आएका छन् ।


नेपाल र इजरायलवीचको दौत्य सम्वन्ध कायम भएको ६३ वर्ष भइसकेता पनि इजरायली स्वयमसेवकहरु आउन थालेको भने ६ वर्ष अघिदेखि मात्रै हो । इजरायलका स्वयमसेवकहरुले विश्वका १७ वटा देशमा स्वयमसेवा गर्दै आईरहेका छन् ।