भक्तपुर । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले जेष्ठ छोरीको घर जेष्ठ नागरिक आश्रम निर्माण गर्न २० लाख सहयोग गर्ने प्रतिवद्धता गर्नुभएको छ ।
चाँगुनारायण नगरपालिका वडा नम्वर ९ मा आश्रम बनाउन लगाइएको महायज्ञलाई सम्बोधन गर्दै उहाँले बागमती प्रदेशबाट आश्रम निर्माण गर्न २० लाखको सहयोग जुटाउने घोषणा गर्नुभएको हो ।
बिशिष्ट अतिथीको रुपमा सहभागी भएका सांसद श्रेष्ठले भने– “हाम्ले गर्नुपर्ने कार्य विजयमूर्ति महाराजले एक्लै अगाडी बडेर गर्नुभयो । यस्तो पुण्यको कार्यमा म सधै साथमा रहने छु । आगामि आर्थिक बर्ष २०८१–८२ मा प्रदेश सभाबाट २० लाख छोरीको घर जेष्ठ नागरिक आश्रम निर्माणको लागि विनियोजन गर्ने छु । ढुक्क हुनुहोस ।”
त्यस्तै सांसद श्रेष्ठले थपे –“बाबा आमाको सेवा गर्नु मेरो पनि अधिकार हो । मेरो साथ सधै रहने छ । आश्रम निर्माण गर्न अहोरात्र लाग्ने छु । ”
श्रीमदभागवत पितृ मुक्ति ज्ञान महायज्ञ मार्फत ताथलीमा जमिन खरिद गर्दै आश्रम निर्माण गर्न छोरीको घर आश्रम लागी परेको छ ।
उक्त भागवतमा हाल सम्म १५ हजार भन्दा बढिले अवलोकन गरी सकेको समेत आयोजकले जानकारी दिएका छन् ।