कोन्ज्योसोममा सामाजिक परीक्षण तालिम

73

ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले सामाजिक परीक्षणका बारेमा सरोकारवालासँग प्राररिम्भक छलफल गरेको छ ।

चालु आर्थिक वर्षका लागि गाउँपालिकाले गाउँ सभाबाट पारित गरेका नीति योजना र कार्यक्रम सञ्चालन गर्ने क्रममा सम्पन्न गर्नुपर्ने सामाजिक परीक्षणका बारेमा गाउँपालिकाले सरोकारवालासँग छलफल गरेको हो ।


स्थानीय सरकार सञ्चालन ऐन र सुशासन सम्बन्धि ऐनले योजना सम्पन्न भएपछि सामाजिक परीक्षण गरेरपछि मात्र स्थानीय तहबाट योजनाको लागयत अनुसार उपभोक्ता समिति र ठेकेदारलाई भुक्तानी दिनुपर्ने व्यवस्था गरेकाले गाउँपालिकाले सरोकारवालाई सामाजिक परीक्षणसँग सम्बन्धि तालिम प्रदान गरेको गाउँपालिकाले जनाएको छ ।

सामाजिक परीक्षण गर्दा कार्यक्रमको लागत मूल्य, योजनामा जनसहभागिता, नीति र नियम अनुसार काम भए वा नभएको लगायत बारेमा सामाजिक परीक्षण गर्ने व्यवस्था छ ।

सोही व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गराउनका लागि गाउँपालिकाले सामाजिक परीक्षणका बारेमा असोज १९ गते सरोकारवालासँग छलफल गरेको गाउँपालिकाले जनाएको छ ।