प्रतिलिटर ११ रुपैयाँंले घट्यो पेट्रोलको मूल्य

36

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ।

निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँले घटाएको छ भने डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको छ।

भारतबाट नै मुल्य घटेर आएपछि नेपालमा पनि स्वचालित मुल्य प्रणाली अनुसार मूल्य घटाएको निगमले जनाएको छ।

घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुने  निगमले जनाएको छ।