१३ औँ वार्षिकोत्सवको अवसरमा मध्यपुर अस्पतालमा एमआरआई सेवा सञ्चालनमा

30

भक्तपुर ।  मध्यपुर थिमि शंखधरचोकस्थित मध्यपुर अस्पतालले एमआरआई सेवा सञ्चालनमा ल्याएको छ ।

स्थापनाको १३ औँ वार्षिकोत्सवको अवसरमा मध्यपुर अस्पतालले एमआरआई सेवा सञ्चालनमा ल्याएको हो ।

औपचारिकरुपमा बुधवार शुभारम्भ गरेको एमआरआई सेवा मध्यपुर अस्पतालले केही साता अघि देखी सञ्चालनमा ल्याएको अस्पताल सञ्चालन समितिका अध्यक्ष विष्णुराज कार्कीले बताउनुभयो ।


बिरामीको उपचार सेवालाई थप प्रभावकारी र सहज बनाउन करिब १३ करोड लागतमा एमआरआई सेवा सञ्चालनमा ल्याएको कार्कीले बताउनुभयो ।

“जटिल रोगको अवस्था तथा रोग पहिचानकै लागि पनि एमआरआई सेवा जरुरी भएकाले भक्तपुरमै पहिलो एमआरआई सेवा सञ्चालनमा ल्याएका छौँ ।

यसले अस्पतालको सेवा थप प्रभावकारी र विश्वसनीय बनाउनेमा विश्वस्त छौँ,” उहाँले भन्नुभयो ।

भक्तपुरमा अत्याधुनिक उपकरणका साथ स्वास्थ्य सेवा बिस्तार भए पनि एमआरआईका लागि काठमाण्डौं धाउनुपर्ने अवस्था समेत अन्त्य भएको कार्कीले बताउनुभयो ।

“यसले बिरामीहरूलाई थप परीक्षण तथा उपचारका लागि भन्दै अन्यत्र धाई रहनु पर्नेछैन, उहाँले भन्नुभयो ।