कमलविनायक भत्केपाटीमा छतको भर्‍याङबाट खस्दा एक जनाको मृत्यु

3709

भक्तपुर । कमलविनायक भत्केपाटीमा  छतको भर्‍याङबाट खस्दा एक जनाको ज्यान गएको छ ।

६६ वर्षकी रत्नमाया दुवाल आफ्नै घरमा  छतको भर्‍याङबाट लडेर घाइते हुनु भएको थियो ।

भक्तपुर नगरपालिका वडा नं. १० भत्केपाटी स्थित आफ्नै साढे २ तल्ले पक्की घरको छतको भर्‍याङबाट ओर्लने क्रममा अचानक लड्न जाँदा घाईते भई उपचारको लागि निजको छोराले ख्वप अस्पताल च्यामासिंह लगे पश्चात थप उपचारको लागि मध्यपुर अस्पताल ठिमीमा रिफर गरिएकोमा उपचारकै क्रममा मिति २०८०/०७/१४ गतेको १८:१५ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ  ।

घटनास्थलमा प्रहरी वृत जगाती भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ  ।