लप्सीफेदीबाट पक्राउ परेका सबै छुटे

68

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–३ लप्सीफेदीमा प्रहरीसँगको झडपमा संलग्न भएको भन्दै पक्राउ परेका सबै रिहा भएका छन् ।

शुक्रबार ४ जना र शनिबार १० जना गरी १४ जना पक्राउ परेका थिए । बौद्ध प्रहरीका डिएसपी राजु पाण्डेले सबैलाई शनिबार राति छाडिएको जानकारी दिए ।

शंखरापुर नगरपालिकाका मेयर रमेश नापितले पनि पक्राउ परेकाहरु सबैलाई प्रहरीले छाडेको बताए ।

मेयर नापितका अनुसार स्थानीयले प्रहरीसँग आफूहरुको कुनै सरोकार नभएको तर माग सम्बोधनका लागि सरकारलाई दबाब दिन शान्तिपूर्ण प्रदर्शन जारी राख्ने बताएका छन् ।