बुधवार नेप्से परिसूचक शून्य दशमलव ३४ प्रतिशत घटेको छ । निरन्तर ओरालो लागिरहेको बजार ३ घण्टाको व्यापारमा ५ दशमलव ५३ अङ्क घटेर १ हजार ६ सय २० दशमलव ९८ विन्दुमा पुगेको छ । यस व्यापार अवधिमा १ सय ४३ कम्पनीको रू. ४३ करोड ९७ लाख बराबरको शेयर कारोबार भएको हो । उत्पादन तथा प्रशोधन समूह बाहेक कारोबारमा आएका सबै समूहहरुको परिसूचक घटेपछि समग्र नेप्से परिसूचक ओरालो लागेको हो ।
उत्पादन तथा प्रशोधन समूहको परिसूचक शून्य दशमलव शून्य ६९ प्रतिशत बढेको छ । त्यस्तै, जलविद्युत समूहको परिसूचक १ दशमलव १६ प्रतिशत र विकास बैङ्कको शून्य दशमलव ६३ प्रतिशत घटेको छ । साथै, बीमा समूहको परिसूचक शून्य दशमलव ५८ प्रतिशत, वित्त कम्पनीको शून्य दशमलव ५१ प्रतिशत, होटलको शून्य दशमलव २५ प्रतिशत र बैङ्किङको शून्य दशमलव १९ प्रतिशत घटेको हो । ‘अन्य’ समूह भने शून्य दशमलव शून्य ८ प्रतिशत घटेको छ ।