विवाहपञ्चमी : फूलबारी लीला सम्पन्‍न

45

जनकपुर । रामजानकी विवाहपञ्चमी महोत्सवको दोस्रो दिन फूलबारी लीला सम्पन्न भएको छ । सात दिवसीय सो महोत्सवको पहिलो दिन नगरदर्शन गरिएको थियो भने दोस्रो दिन फूलबारी लीला मनाइएको हो ।

जनकपुर । भगवान राम र लक्ष्मणको प्रतीकका रूपमा रहेका बालकलाई जानकी मन्दिर छेउमै रहेको विवाहमण्डपको फूलबारीमा सीताको प्रतिकको रुपमा रहेकी बालिकासँग भेट गराई फूलबारी लिला मनाइन्छ।

त्रेता युगमा राम र लक्ष्मण जनकपुर आएको बेला फूलबारीमा घुम्‍न जाँदा सखीसहेलीसँगै फूल टिप्‍न गएकी सीतासँग पहिलो पटक भेट भएको बाल्मिकी रामायणमा उल्लेख छ।

त्यसकै स्मरणमा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव अन्तर्गत फूलबारी लिला गरिन्छ।