ज्यापु दिवसको अवसरमा भक्तपुरका पत्रकार किसी सम्मानित

71
भक्तपुर ।
ज्यापु दिवसको अवसरमा भक्तपुरका पत्रकार कृष्ण किसी सम्मानित भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई नगद रु १० हजारसहित सम्मान गरेका हुन् ।
ज्यापु संस्कृति विकास कोषले २० औँ राष्ट्रिय ज्यापु दिवस समारोह ११४४ को अवसरमा मङ्गलवार राजधानीको वसन्तपुरमा गरेको भव्य समारोहमा उनलाई सम्मान गरिएको हो । उनलाई ज्यापु युवा प्रतिभा (सञ्चार)बाट पुरस्कृत गरिएको हो । उनीसहित पत्रकारिताबाहेक अन्य विभिन्न विधाहरूमा योगदान गरेका २७ जनालाई पनि सम्मान गरिएको थियो ।