सिन्धुपाल्चोक केन्द्रविन्दु भएर लगातार भूकम्प

101

काठमाडौं : सिन्धुपाल्चोक केन्द्रविन्दु भएर लगातार भूकम्प जान थालेको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १०:१७ तीनकुण्डआसपास केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्पको धक्का काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौं, दोलखा र रामेछापका आसपासमा स्थानमा पनि महसुस गरिएको छ। यस अगाडि आइतबार राति १०:२१ बजे पनि सिन्धुपाल्चोकको पाङफुङ र लिस्टिकोटको मध्यभागलाई केन्द्रविन्दु बनाएर ५ म्याग्निच्यूडको भूकम्प गएको थियो।

भूकम्पले गरेको क्षतिबारे अझै विवरण नआएको बताइएको छ ।