माओवादी केन्द्रको नैतिक जीत : प्रवक्ता भुषाल

392

भक्तपुर । नेकपा माओवादी केन्द्रका पवक्ता एंवम् प्रभावशाली नेतृ पम्फा भुषालले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा अपेक्षा अनुसार माओवादी केन्द्रले जीत हासिल गर्न नसकेको बताउनु भएको छ ।
रफत सञ्चार क्लबको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले यो निर्वाचनमा माओवादी केन्द्र तेस्रो भएपनि जनताले त्रिशक्तिलाई नै मतदान गरेको बताउँदै हार र जीत स्वभावीकै भए पनि माआवादी केन्द्रको एजेण्डा सफल भएको र नैतिक जीत भएको बताउनु भयो ।
उहाँले सरकारले अहिले ल्याएको बजेट, नीति तथा कार्यक्रम नियमित भएको कारण यस बिषयमा टिकाटिप्पणी गरी आचारसंहिता विपरित भन्नु अर्थहिन भएको बताउनु भयो ।
उहाँले विगतमा राजनीतिक दलबीच भएको सहमतिका आधारमा नै प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री पदबाट राजीनामा दिएको भन्दै प्रधानमन्त्री दाहालको राजीनामा बारे कुनै शंका गर्न नहुने र यहि गठबन्धनको सरकारले निरन्तरता पाउँने दाबी गर्नु भयो ।
भरतपुर महानगरपालिकालाई जोडेर प्रधानमन्त्रीले राजीनामा दिएको भन्ने हल्ला आधारहिन भएको भन्दै उहाँले रेणु दाहालले आफनो राजनीतिक कर्म अनुसार नै टिकट पाएको दाबी गर्नु भयो ।
उहाँले जेठ ३१ गते दोस्रो चरणको निर्वाचन कसैले चाहेर पनि रोक्न नसक्ने बताउँदै यो निर्वाचनमा असन्तुष्ट राजनीतिक दलहरु समेत सहभािग बिश्वास ब्यक्त गर्नु भयो ।
सरकारले केही दिन अघि निर्णय गरेको टिकापुर हत्या काण्डका बिषयमा उहाँले स्पष्ट पार्दै भन्नु भयो ‘निर्दोषहरु नफसुन र दोषीहरु नउम्किउन भन्ने सरकारको आसय रहेको हो ।’
नयाँ गठन हुने सरकार नेपाली काँग्रेसको नेतृत्वमा हुने र यो सरकारलाई सहयोग गर्दै माओवादी केन्द्र सरकारमा सहभागि हुने उहाँको भनाई छ ।