काभ्रेपलाञ्चोकमा ढिँडो र गुन्द्रुक खाएका दुई तामाङ गम्भिर बिरामी

55

बनेपा । काभ्रेपलाञ्चोकमा ढिँडो र गुन्द्रुक खाएका दुई जना गम्भिर बिरामी परेका छन् । काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा नम्बर २ चुखाका ७० वर्षिय हरिराज तामाङ र उनकी ४० वर्षिया छोरी मनमाया तामाङ बिरामी परेका हुन् ।

सोमवार बेलुका ढिँडो र गुन्द्रुक खाएपछि उनीहरुको स्वास्थ्यमा समस्या देखिएको हो । अत्याधिक जिउ चिलायो भन्दै छटपटाउन थालेपछि दुबै जनालाई उपचारका लागि धुलिखेल अस्पताल पुर्याईएको थियो । उनीहरुको सोही अस्पतालमा उपचार जारी छ ।

प्रहरीका अनुसार हरिराजको अवस्था मध्यम र मनमायाको अवस्था गम्भिर रहेको छ । घट्नाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।