ख्वप साकोसका उपसमिति सदस्यहरुको सपथ ग्रहण र परिचयात्मक कार्यक्रम सम्पन्न

31

भक्तपुर ।
ख्वप बचत तथा ऋण सहकारी संस्था को १६औं साधारण सभाबाट नव–निर्वाचित सञ्चालक समितिबाट २०८० माघ १० गतेको निर्णयनुसार गठित सल्लाहकार समिति, विभिन्न उपसमिति संयोजक तथा सदस्यहरुको सपथ ग्रहण तथा परिचयात्मक कार्यक्रम बासु मावि सभाहल ,कासन ब्यासीमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य का. उकेश कवांको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि उकेश कवांले पूँजीवादी सत्तामा कम्युनिष्ट पार्टी जानु भन्नेको पूँजीपतिहरुसँग घुस खाएर कामदार बर्गलाई धोका दिनु हो । समाजबादी ब्यवस्थाले मात्र कामगरी खाने बर्गको अबस्थामा आमूल परिवर्तन हुने भएकोले सहकारी संघ संस्थाहरुले पनि नेपाल मजदुर किसान पार्टीले अङ्गीकार गरेको माक्र्सबाद, लेनिनिबाद र माओ विचार धारानुसार नेपालमा समाजवादी ब्यवस्था ल्याउन समाजबादी प्रचार अभियानमा लाग्न अनुरोध गर्नुभयो । नेमकिपाको ५०औ स्थापना दिवसबारे चर्चा गर्दै पार्टीको स्थापना नभएको भए नेपालमा समाजबादको प्रचार प्रसार गर्नेहरु खोज्नु पर्ने अवस्था आउने विचार राख्नु भयो ।
भक्तपुर नपा वडानं २ का वडा अध्यक्ष हरिप्रसाद बासुकलाले समिति उपसमितिमा चयन भएकालाई बधाई दिंदै वार्षिक कार्य योजना बनाई विभिन्न कार्यक्रम मार्फत सदस्य बृद्धि र शेयर सदस्यहरुको ब्यवसाय प्रबद्र्धनमा सहयोग गर्न सकोस भनि शुभकामना दिंदै भक्तपुर नगरका सहकारीहरुको भक्तपुर नपाबाट निरन्तर अनुगमन गरिरहेको जानकारी दिनु भयो ।
नेमकिपा २ वडा ब्यासी ईकाई समितिका अध्यक्ष गणेशप्रसाद सुवालले नेमकिपाको ५०औ स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै पार्टी लिएका नितीलाई सहयोग गराउन सहकारी संस्था र नेतृत्व वर्गले विभिन्न कार्यक्रम आयोजना गरी सहयोग गर्न सकिन्छ भन्नुभयो । उहाँले सहकारीका क्रियाकलाप तल्लो बर्गका जनताको चेतनास्तर उकास्न र अर्थिकस्तर उकास्न सहयोगी हुनुपर्छ भन्नुभयो ।
कार्यक्रमका सभापति ख्वप बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष राजकुमार लघुले संस्था अन्तरगतका विभिन्न उपसमितिहरुले बार्षिक कार्यक्रम बनाई सदस्यहरुको साँस्कृतिक र शैक्षिकस्तर उकास्न पहल गर्नुपर्छ । संस्थाले शीपमूलक आयमूलक तालिमहरु आयोजना गरी सदस्यहरुलाई स्व–रोजगार बनाउन र ब्यवसाय प्रबद्र्धन गराउन पर्छ भन्दै समिति उपसमिति सदस्यहरुलाई संस्थाको विकास विस्तारमा प्रतिबद्धता जाहेर गराउन र जिम्मेवारी बोध गराउन सपथग्रहण तथा सदस्यहरुको परिचयात्मक कार्यक्रम आयोजना गरेको हो । उहाँले नेपालको राजनीतिको प्रकाशस्तम्भ नेपाल मजदुर किसान पार्टीकोे ५०औं स्थापना दिवस २०३१ माघ १० गते हो भन्दै पार्टीको उद्देश्यनुसार कामदार वर्गको शिक्षा,स्वास्थ्यमा पहुँच बनाउन र जनतालाई बुद्धिजीविकरण गर्ने कार्यमा पनि सहकारी संस्थाहरुले योगदान गर्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा ख्वप साकोसका अध्यक्ष राजकुमार लघुले नव गठित शिक्षा उपसमिति, ऋण उपसमिति, महिला उपसमिति, कृषि उपसमिति, बचत उपसमति, स्वास्थ्य उपसमिति, ऋण अनुगमन समिति र अतिरिक्त क्रियाकलाप उपसमितिका संयोजक र सदस्यहरुलाई संस्थाको निर्वाचन उपसमितिको विधाननुसार सपथ ग्रहण कार्यक्रम आयोजना गरिएको हो भन्नुभयो ।
सपथ ग्रहण कार्यक्रममा विभिन्न समिति उपसमितिमा चयन भएका संयोजक र सदस्यहरुलाई संस्थाका सल्लाहकारहरु कुमार लघु, बिमल राजचल र संचालक सदस्य राजाराम सुवालले पनि बधाई ज्ञापन गर्दै वार्षिक कार्ययोजना बनाई सदस्यता बृद्धि र संस्थाको विकास विस्तारका लागि समिति उपसमिति सदस्यहरु प्रतिबद्ध भएर लाग्नु पर्छ भन्नुभयो ।