भारतले रोक्यो चीनबाट स्याउ र नासपातीको आयात

507

नयाँदिल्ली: चीनबाट आउनेवाला कृषि उत्पादनमा रोक लगाउने नीतिलाई भारतले कार्यान्वयनमा ल्याउन थालेको छ । यो नीति कार्यान्यवन गर्ने क्रममा भारतले पहिलो पटक नासपाती र स्याउको आयातमा रोक लगाइदिएको छ ।

भारतले चीनबाट भइरहेको स्याउ र नासपातीको आयातमा अस्थायी रोक लगाइदिएको हो । भारतले पानीजहाजबाट आउने स्याउ र नासपातीमा किरा परेको आरोप लगाउँदै आयातमा रोक लगाएको हो ।

म्यारीगोल्ड फूलको बीउमा समेत किरा लागेको भन्दै भारतले आयातमा रोक लगादिएको छ । चीनबाट भारतमा पठाइने फलफूल र सब्जीमा यी दुई फलको हिस्सा करिब ९० प्रतिशत रहेको छ ।

आयात निर्यातबारे जानकारी राख्ने एक भारतीय अधिकारीले भने, ‘हामीले चीनबाट आइरहेका स्याउ, नासपाती म्यारीगोल्ड फूलको बीउमा किरा भेटिरहेका थियौँ । यस्तोमा यिनको आयातलाई अस्थायीरुपमा प्रतिबन्ध लगाइएको हो ।

गत वर्ष अप्रिलदेखि फेब्रुअरीको बीचमा भारतले चीनबाट १३.२ करोड डलरको स्याउ र नासपाती आयात गरेको थियो । अघिल्लो साल यही अवधिमा ४.४२ करोड डलरको स्याउ र नासपाती आयात गरेको थियो ।

त्यही कारण यी दुई फलको आयातमा दुई प्रतिशत भन्दा धेरै वृद्धि भएको थियो । चीनलाई पठाइएका कयौँ पत्रमा भारतीय अधिकारीहरुले नियमको पालन नभएकोमा चिन्ता व्यक्त गर्दै फायटोस्यानिटरी नर्म्सको उल्लंघन भएकाले यसबाट भारतीय कृषिक्षेत्रको वातावारणीय सुरक्षामा खतरा आउने जनएका थिए ।

१ मेमा पठाइएको एक पत्रमा भारतले चीनलाई भनेको छ, ‘स्याउ, नासपाती र म्यारीगोल्ड फूलको बीउमा लगातार किरा भेटिइरहेका छन् । यसले चीनमा फायटोस्यानिटरी कन्ट्रोल प्रणालीको कम्जोरी पता लाग्दछ ।’

चीनले यसको जवाफमा स्याउ र नासपाती तथा म्यारिगोल्ड फूलको बीउमा भेटिएका किरा प्याकेजिङ र वितरणका क्रममा आएको हुन सक्ने बताएको छ ।

आयातित बस्तुहरुको मामिलामा नियमको पालन नभएको बारेमा चीनलाई लगातार बताउँदा पनि कुनै सुधार नआएको भारतको दाबी छ ।  भारतले अब यी तीनै बस्तुलाई लिएर चीनसँऊ अतिरिक्त जानकारी मागेको छ ।