बोरिङ गर्न खनेको खाल्डोमा खसेका बालकको सकुशल उद्धार

58
भक्तपुर । बोरिङ गर्न खनेको खाल्डोमा खसेका बालकको सकुशल उद्धार गरिएको छ । सूर्यविनायक नगरपालिका वडा नम्वर ५ कटुन्जे भैरव मन्दिर नजिक खाली जग्गामा बोरिङ गर्न खनेको अन्दाजी १५ फिटको खाल्डोमा खसेका २ वर्षीय बालकको सकुशल उद्धार गरिएको हो ।
रामेछाप मन्थली नगरपालिका वडा नं. ७ घर भई हाल कटुन्जे बस्ने वर्ष २ को सजिन भुजेल खेल्ने क्रममा उक्त खाल्डोमा खसेका थिए । उनको उद्धार नेपाल प्रहरी र आरएनएका टोलीले संयुक्त रूपमा गरेको प्रहरीले जानकारी दिएका छन् । बालक हाल स्वस्थ समेत रहेको प्रहरीले जानकारी दिएको छ ।