५ वर्षपछि पेट्रोलको भाउ ३० रुपयामै आउने !

508

नयाँदिल्ली (भारत) । आगामी ५ वर्षभित्रमा पेट्रोलको भाउ प्रतिलिटर ३० रुपयामा आउन सक्ने अनुमान गरिएको छ । अमेरिकी प्रक्षेपणकर्ता र सिलिकन भ्यालीका सिरियल आन्त्रपे्रन्युर टोनी सेबाका अनुसार नयाँ प्रविधिको विकास उदयले विश्वको पेट्रोलमाथिको निर्भरता घटाउने छ र यसैले भाउ घटाउन मद्दत गर्नेछ ।

सौर्य ऊर्जाको भाउ आजको मूल्यभन्दा १० गुणा बढी भएको समयमा यसको भाउ घट्ने प्रक्षेपण गर्ने व्यक्ति हुन् टोनी सेबा । सेवा स्ट्याण्डफोर्ड युनिभर्सिटीका कण्टिन्यूज प्रोग्रामका आन्त्रप्रेनयुरशीपका डिस्रप्शन र स्वच्छ ऊर्जाका इन्ष्ट्रक्टरसमेत हुन् ।

स्वचालित कारहरू बढी मात्रामा प्रयोगमा आउँदा तेलको मागमा कमी आउने र अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ प्रतिब्यारेल २५ डलरसम्म आउन सक्ने उनको अनुमान छ । सेबाले अनुमान गरेअनुसार सन् २०२१ सम्म तेलको माग उचाइमा रहने र त्यसपछि उपभोग घट्दै जानेछ । आगामी १० वर्षभित्र तेलको माग ३ करोड ब्यारेलले घटी ७ करोड ब्यारेलमा आउन सक्ने अनुमान गरिएको छ ।

मानिसहरूले आफ्नो पुरानो कार हाँक्न नछोडे पनि सडकमा स्वचालित गाडीहरू बढी गुड्ने सेबाले बताएका छन् । विद्युतीय सवारी सस्तो हुने हुँदा यसको माग बढ्नेमा उनले जोड दिएका छन् । एजेन्सी