ॐ कृष्ण सेवा सदनको अध्यक्षमा काफ्ले सर्वसम्मत

99
भक्तपुर । ॐ कृष्ण सेवा सदन भक्तपुरको ५ औ अधिवेशन तथा १५ औ वार्षिक साधारण सभाबाट नवराज काफ्लेको अध्यक्षता १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
चाँगुनारायण नगरपालिका वडा नं.३ झौखेल स्थित ओम कृष्ण सेवा सदनको आफ्नै भवनमा सम्पन्न भएको सो अधिवेशनबाट उपाध्यक्ष श्रृजनामल्ल ठकुरी,सचिव विजय कुमार पोख्रेल,सहसचिव सुवर्ण हमाल,कोषाध्यक्ष विष्णु सुवेदी,सदस्यहरू सुमित्रा चौलागाई,इन्दु लम्साल,रन्जिता हमाल,सनिता लामिछाने,साधना न्यौपाने,सन्ध्या गेलाल,विमला अर्याल,पार्वती न्यौपाने,लक्ष्मी दाहाल,शोभा पौडेल सर्वसम्मत चयन भएका छन् ।
त्यसैसरि अधिवेशन हल बाट निर्वतमान अध्यक्ष बाल मुकुन्द सुवाललाई उहाँले सेवा सदनको संस्थागत विकासमा पुर्‍याउनुभएको योगदानको कदर गर्दै संस्थाको प्रमुख संरक्षक सहित मानार्थ सदस्य र समाजसेवी मिरा शाहलाई संरक्षकको पदवी बाट सम्मानित समेत गरिएको छ ।
सोही कार्यक्रमका बिच सुदर्शन सुवेदी,हिम्मतसिंह लेकाली,राम खनाल,रोशन ढकाल,कल्पना न्यौपाने,महालक्ष्मी न्यौपाने,प्रभा न्यौपाने रहेको एक सल्लाहकार समिति समेत चयन गरिएको सेवा सदनका नवनिर्वाचित उपाध्यक्ष श्रृजनामल्ल ठकुरीले अवगत गराउनु भयो ।
स्थानीय समाजसेवी स्व.कृष्ण प्रसाद दाहालले चाँगुनारायण नगरपालिका वडा नं.३ स्थित झौखेलमा आफ्नो निजी स्वामित्व भित्र कायम रहेको ४ रोपनी १ आना क्षेत्रफल रहेको जग्गा असहाय,वृद्ध वृद्धाहरूको सहारा स्थल लगायत परोपकारजन्य गतिविधि सञ्चालनार्थ  हस्तान्तरण गर्नुभएको सेवा सदनका निवर्तमान अध्यक्ष बाल मुकुन्द सुवालले बताउनु भयो ।
 हाल सो स्थल भित्र निर्माण गरिएको स्थायी संरचनामा आवश्यकी ट्रस्ट थप गरी सहयोगापेक्षी सडकमानवहरुलाई संरक्षकत्व प्रदान गरिँदै आएको र सो कार्य सेवा सदन र मानव कल्याण समाज सेवा घर बिचको आवसिक समन्वय र सहकार्यमा सञ्चालन हुँदै आएको सेवा सदनका निर्वतमान अध्यक्ष सुवालले अवगत गराउनुभयो ।
बागमती प्रदेश सांसद सुरेश श्रेष्ठको प्रमुख आतिथ्ययतामा सम्पन्न भएको पाँचौँ अधिवेशन कार्यक्रमको सभाध्यक्ष बाल मुकुन्द सुवाल र सञ्चालन सचिव विजय कुमार पोख्रेलले गर्नुभएको थियो ।