मकवानपुरका एच.आइ.भी प्रभावित बालबालिकालाई न्यानो कपडा ताथ शैक्षिक सामग्री वितरण

63

राजेश दिदिया

मकवानपुर । मकवानपुरमा एचआइभी प्रभावित बालबालिकाहरूलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ ।

मकवानपुरमा आयोजित एक कार्यक्रममा एचआइभी प्रभावित ९ बालबालिकाहरूलाई न्यानो कपडा तथा शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो ।

न्यानो कपडा वितरण प्रमुख अतिथि मानव अधिकार सङ्गठन मकवानपुरको अध्यक्ष तथा नेपाली काँग्रेस मकवानपुर जिल्ला सदस्य शर्मिला श्रेष्ठले गर्नुभएको थियो । भने कार्यक्रममा एच.आई.भी तथा एड्स महासङ नेपालका केन्द्रीय अध्यक्ष खगेन्द्र खड्का, मकवानपुर पोजेटिभ समूहका अध्यक्ष राजु सुवेदी लगायतका महानुभावको उपस्थिति रहेको थियो ।

मकवानपुर रिकभरिङ्ग समूहका कोषाध्यक्ष विनोद लाल श्रेष्ठज्यूको सभाध्यक्षयतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न मेला महोत्सवमा सहयोग सङ्कलन गर्न स्वयम सेवक भूमिका निर्वाह गर्नु हुने कमल लामा, सुशील धिमाल, प्रदीप पाण्डे र सुमिना महतलाई सम्मान स्वरूप मायाको चिनो दिइएको थियो ।

कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथिबाट ३० थान सेनेटरी प्याड मकवानपुर पोजेटिभ समूहलाई सहयोग स्वरूप प्रदान गर्नुभएको थियो ।

मकवानपुर रिकभरिङ्ग समूह र हासेको इन्द्रेणीको आयोजना, रिकभरिङ्ग नेपाल र TB People को समन्वयमा १२ दिने बृहत् खेलकुद तथा व्यापार मेलामा फेस पेन्टिङ क्याम्पीयनबाट उठेको रकम तथा जर्मनीमा बसोबास गर्दै आउनुभएका प्रल्हाद प्रधान र अमृता लामाको आर्थिक सहयोगमा बालबालिकाहरूलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेको मकवानपुर रिकभरिङ्ग समूहले जानकारी दिएको छ ।

आयोजकले यो भन्दा पहिला हेटौँडा उपमहानगरपालिका वडा नम्वर १९ स्थित वासुदेवका २५ बालबालिकालाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेको थियो ।