बासुदेवका २५ विपन्न बालबालिकालाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण

37

राजेश दिदिया
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ स्थित बासुदेवका २५ बालबालिकालाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ ।
आर्थिक रुपमा विपन्न परिवारका बालवालिकाहरुलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको मकवानपुर रिकभरिङ्ग समुहले जानकारी दिएको छ ।
मकवानपुर रिकभरिङ्ग समुह र हासेको इन्द्रेणीको आयोजना, रिकभरिङ्ग नेपाल र TB People को समन्वयमा १२ दिने बृहत खेलकद तथा व्यापार मेलामा फेस पेन्टीङ क्याम्पीयनबाट उठेको रकम तथा जर्मनीमा बसोबास गर्दै आउनुभएका प्रल्हाद प्रधान र अमृता लामाको अर्थिक सहयोगमा बालबालिकाहरुलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेको मकवानपुर रिकभरिङ्ग समुहले जानकारी दिएको छ ।