भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ८ सुडाल स्थित महामञ्जुश्री थाकलमठमा निःशुल्क आँखा तथा दन्त शिविर हुने भएको छ ।
फागुन १९ गते शनिवारका दिन थाकलमठ स्थित सरस्वती माध्यमिक विद्यालयमा निःशुल्क आँखा तथा दन्त शिविर हुन लागेको हो ।
भक्तपुर विकास सहयोग सङ्घको आयोजनामा खोपृङ निःशुल्क आँखा तथा दन्त शिविर २०८० हुन लागेको आयोजकले जानकरी दिएको छ ।
शिविरमा डा किशोर राज प्रधानको मातृका आँखा फाउन्डेसनले निःशुल्क आँखा जाँच गराउने आयोजकले जानकारी दिएका छन् ।
खोपृङ निःशुल्क आँखा तथा दन्त शिविरमा मोतिविन्दुका विरामीको निशुल्क आँखाको अपरेशनको व्यवस्था समेत भएको शिविर संयोजक किरण राज सुवेदीले जानकारी दिनुभयो ।
सङ्घको आयोजनामा हुन गइरहेको उक्त शिविरमा सहयोगी संसथाको रूपमा मातृका आँखा अस्पताल पुरानो बानेश्वर, भक्तपुर र इन्टरनेशनल हस्पिटल कौशलटारको महत्वपूर्ण भूमिका रहने उहाँले जानकारी दिनुभयो ।
शिविर बिहान ८ः३० देखि साँझ ३ बजे सम्म सञ्चालन हुने आयोजकले जानकारी दिएका छन् । शिविरमा औषधी समेत निःशुल्क रुपमा वितरण हुने आयोजकले जानकारी दिएको छ ।