काभ्रे बहुमुखी क्याम्पस ४३ वर्षमा प्रवेश

29

काभ्रे। काभ्रेको जेठो क्याम्पस काभ्रे बहुमुखी क्याम्पसले आफ्नो ४२ औं वार्षिकोत्सव मनाएको छ । बनेपा बुडोलमा अवस्थित काभ्रे बहुमुखी क्याम्पस ४२ वर्ष पुरा गरी ४३ वर्षमा प्रवेश गरेको हो।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य कन्चन चन्द्र बादेले काभ्रे बहुमुखी क्याम्पसले उच्च शिक्षाका लागि ठुलो योगदान दिएको बताए । उनले ४२ वर्षको यो अवधिमा थुप्रै आरोह अवरोह पार गर्दै सफलता पूर्वक अगाडी बढिरहेकोमा क्याम्पस परिवारलाई धन्यवाद एवं बधाई दिएका थिए।

कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख के जी बैदारले शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण क्रान्ति ल्याउन आवश्यक रहेको बताउँदै तेस्को लागि काभ्रे बहुमुखी क्याम्पसमा विभिन्न नयाँ नयाँ विषयको अध्यापन गराउने तयारी भइरहेको बताए। बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यले भने क्याम्पसमा नगरपालिकाको सहयोगमा कबडहल बनाउन लागिएको जानकारी गराए।

क्याम्पस सञ्चालक समिति अध्यक्ष लम्बोदर कायस्थको सभापतित्वमा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सांसद कन्चन चन्द्र बादे प्रमुख अतिथि एवं बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्य विशेष अतिथिका रूपमा उपस्थित भएका थिए। समारोहमा बनेपा नगरपालिका वडा नम्बर ६ का प्रमुख सचितान्द केसी ,स्व वि यु सभापति युगेश्वोर कायस्थ ,क्याम्पस सञ्चालक समिति सदस्यहरू ,प्राध्यापक लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न प्रतियोगितामा सफल हुन सफल बिद्यार्थीहरुलाई पुरस्कार वितरण गरिनुका साथै विभिन्न सङ्कायमा उत्कृष्ट हुन सफल बिद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो।