उच्च शिक्षा अध्ययनबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

29

भक्तपुर । वागीश्वरी मावि र वागीश्वरी कलेजको आयोजनामा वागीश्वरी माध्यमिक विद्यालय कक्षा १२ मानविकी सङ्कायमा अध्ययनरत विद्यार्थीहरुमाझ उच्च शिक्षा अध्ययनबारे अभिमुखीकरण कार्यक्रम फागुन १७ गते बिहीबार सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले कक्षा १२ मा अध्ययरत विद्यार्थीहरुलाई मा.वि अध्ययनपश्चात् थप उच्च शिक्षा अध्ययनमा अन्यौल नहोस् भन्ने उद्देश्यले आयोजित यस्ता कार्यक्रमले विद्यार्थीहरुलाई मार्गनिर्देश गर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति वागीश्वरी कलेज मानविकी सङ्कायका इन्चार्ज राजन फेलुले वागीश्वरी कलेजले स्नातक तहमा बीए, बीबीएसजस्ता कार्यक्रमको पढाइ भइरहेकोबारे चर्चा गर्दै वागीश्वरी कलेजद्वारा शैक्षिक वर्ष २०७९÷८० मा ३० लाखभन्दा बढी छात्रवृत्ति प्रदान गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा बीए चौथो वर्षमा अध्ययनरत छात्र गौरव लामिछानेले ग्रामीण विकास, छात्रा कृपा प्रजापतिले सामाजिक कार्य र सोना थुयाले ऐच्छिक अङ्ग्रेजी अध्ययनको महŒवबारे चर्चा गर्दै कलेजले गरेका गतिविधिहरुबारे बताएका थिए ।
साथै बीए तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी तेन्जिङ डोल्मा तामाङले पत्रकारिता विषयको महŒव, बीए दोस्रो वर्षमा अध्ययनरत छात्रा विमला मानन्धरले समाजमा भएका समस्या र तीनको समाधानबारे थाहा पाउन समाजशास्त्र अध्ययनको आवश्यकताबारे बताए ।
कार्यक्रममा कक्षा १२ का ७० जना भन्दाबढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।