भक्तपुरको सिपाडोल हत्या प्रकरण : मृतककी श्रीमतीसँग फिरौती माग्ने सुवाल पक्राउ

181

भक्तपुर  । भक्तपुरको सिपाडोलमा १० फागुनमा मृत भेटिएका तेह्रथुम छथर गाउँपालिका–२ का ३३ वर्षीय गोपाल ढकालको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ढकालको हत्या आरोपमा महानगरीय प्रहरी परिसर भक्तपुरले भक्तपुरको चाँगुनारायण नगरपालिका–६ का २९ वर्षका सन्तोष सुवाललाई पक्राउ गरेको हो । हत्याको घटनापछि फरार सुवाललाई काभ्रेको मण्डनदेउपुर नगरपालिका–६ बाट शनिबार पक्राउ गरेको परिसरका इन्स्पेक्टर निर्मल थापाले जानकारी दिए ।

आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हत्यामा संलग्न भक्तपुरका २९ वर्षका सन्तोष सुवाललाई पक्राउ गरी सार्वजनिक गरेको हो।

१० फागुनमा गोपाल ढकालकी श्रीमती रेनुलाई टेलिफोनमा श्रीमान चाहिए दुई लाख रुपैयाँ लिएर सूर्यविनायकको जंगलमा आउनू भनी सूचना आएपछि प्रहरीमा उजुरी दिएकी थिइन् । त्यसपछि खोजतलास गर्ने क्रममा प्रहरीले ढकालको शव सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित रोधन बस्नेतको गोठमा फेला पारेको थियो । उनी फागुन ९ गते बेलुका राति ८ बजे सिपाडोलस्थित डेराबाट बाहिर निस्केका थिए ।

प्रहरीले ढकाल र सुवालबीच आपसी झगडापछि ढकालको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट