सन्जिब दुलाल
भक्तपुर । भक्तपुरमा घरेलु उत्पादन मेला २०८० हुने भएको छ । आगामी चैत १६ र १७ गते भक्तपुर नगरपालिका वडा नम्वर २ स्थित नःपुखु परिसरमा सस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धन लागि घरेलु उत्पादन मेला २०८० हुने आयोजकले जानकारी दिएको छ ।
आयोजक समितिका अध्यक्ष प्रेम खर्बुजाले भक्तपुर घरेलु तथा साना उद्योग संघले गर्दै आईरहेको विविध बिषयहरुबारे जानकरी गराउँदै यहाँ रहेको परम्परागत मौलिक उत्पादनलाई सस्कृति सँग जोड्ने हेतुले तथा ती उद्योगहरुलाई जिवन्तता दिन आन्तरिक तथा बाह्य पर्यटक जोड्ने हेतुले यो मेलाको आयोजना गर्न लागेको जानकारी गराउनु भयो ।
उहाँका अनुसार दुई दिन सम्म चल्ने उक्त मेलामा भक्तपुरका मौलिक उत्पादन मौलिक खाना तथा विभिन्न घरेलु तथा साना उद्योगका उत्पादनहरु प्रर्दशनीमा राखिने छन् ।
यस्तै भक्तपुर पर्यटन विकास समितिका पूर्व अध्यक्ष रामसुन्दर भेलेले यो मेलाले व्यापार होईन व्यवसायिकता विकास गर्न जोड दिने समेत जानकारी दिनुभयो । उहाँका अनुसार मेला महोत्सव व्यापारमा तौलिन थालिएको छ यो व्यापार सँग भन्दा पनि नयाँ उद्यमी श्रीजना गर्न तथा घरेलु तथा साना उद्यमलाई पर्यटन सँग कसरी जोड्न सकिन्छ भन्ने हेतुले चलाउन लागेको जानकारी दिनुभयो । अवको उद्यम भनेको पर्यटन सँग जोड्नु अनिवार्य रहेको बताउँदै उहाँले पर्यटन सँग हाम्रा मौलिक उत्पादन जोड्न सके हाम्रो कुल गायर्थ उत्पादनमा पनि जोड पुग्ने बताउनुभयो ।
भक्तपुरको सिमित क्षेत्रमा मात्र घुम्ने पर्यटकलाई यस्ता मेलाको आयोजना गरी भक्तपुर भित्र घुमाउन सके समग्र भक्तपुरबासीको सास्कृतिक तथा आर्थिकस्तर पनि बृद्धि हुने भेलले बताउनु भयो ।
स्थानीय तथा मौलिक उत्पादनलाई निरन्तरता दिन एवं आफ्नो उत्पादनको विषयमा जानकारी दिन स्वदेशी उत्पादनलाई बढावा दिन यस्ता मेला महोत्सवले ठुलो टेवा दिने भक्तपुर घरेलु तथा साना उद्योग संघ भक्तपुरका पूर्व अध्यक्ष एवं केन्द्रिय सदस्य विरेन्द्र जतिले जानकारी दिनुभयो । उहाँका अनुसार मेलामा भक्तपुरमा उत्पादित विभिन्न मौलिक उत्पादन देखि साना तथा घरेलु उत्पादन कसरी हुन्छन् भन्ने विषयमा समेत जानकारी दिइने छ । मेलामा नेवारी खाना तथा अन्य विभिन्न खानाहरु पनि उपलव्ध हुने जतीले जानकारी दिनुभयो । भक्तपुर चिनाउने विभिन्न कला संस्कृति एवं खाना तथा रहनसहनका सामान एवं पुराना तान ढिकी जाँतो एवं विभिन्न सामग्री समेत प्रर्दशनीमा राखिने उहाँले जानकारी दिनुभयो ।
मेलामा भक्तपुर काठमाडौं ललितपुर काभ्रे लगाएत विभिन्न जिल्लाका उद्यमीहरु समावेश हुने साथै २० भन्दा बढि जिल्लाका मानिसहरु अवलोकनकालागि आउने अपेक्षा राखिएको महिला उद्यमी समितिका सभापति देवका श्रेष्ठले जानकारी दिनुभएको थियो ।
Related