बजेटको लक्ष्य ७.२ प्रतिशतको आर्थिक वृद्धि

408

काठमाडौँ: सरकारले सोमबार प्रस्तुत गरेको आगामी आवको बजेट कार्यान्वयनबाट आर्थिक क्रियाकलापमा उल्लेख विस्तार भई ७.२ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने गरेको छ।

उपप्रधान तथा अर्थमन्त्रीमन्त्री कृष्णबहादुर महराले आज आगामी आवको बजेट प्रस्तुत गर्दै मुलुकमा आर्थिक परिचालनमा उल्लेख्य प्रगति भई तीव्र आर्थिक विकास हुने जिकिर गर्नुभयो। उहाँले बजेट प्रस्तुत भएपछि नेपाल राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीति र आपूर्ति प्रणालीको सुदृढीकरणबाट मुद्रास्फीति ७ प्रतिशतमा सीमित हुने उल्लेख गर्नुभयो।

बजेटले सामाजिक सुरक्षा तथा मानव विकासका सूचकमा उल्लेखनीय प्रगति हुने विश्वास लिएको छ। बजेटको कार्यान्वयनबाट थप एक लाख स्वरोजगार र चार लाख नयाँ रोजगारीका अवसर सिर्जना हुने अपेक्षा गरिएको अर्थमन्त्री महराले बताउनुभयो।