काठमाडौं उपत्यकामा आजबाट सार्वजनिक चल्ने भएका छन् ।
लामो समयदेखी जारी निशेधाज्ञा लगाइएको उपत्यकामा आजबाट सार्वजनिक यातायात चल्न दिने निर्णय भएको हो ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले सवारी साधन सञ्चालन गर्ने गरी निषेधाज्ञाको आदेश जारी गरेका छन् ।
निजी सवारी साधन सबै र १६ सिट भन्दा बढी क्षमताका सार्वजनिक सवारी साधन अब जोर विजोर प्रणालीमा सञ्चालन हुनेछन् । ट्याक्सीमा चालकसहित ३ जना मात्र बस्न पाइनेछ ।
सार्वजनिक सवारी साधनमा एक लहरमा एक जना गरी कुल सिट संख्याको आधामा मात्र बस्न पाइनेछ ।
मालवाहक ढुवानीका साधनमा भने जोरविजोर लाग्ने छैन ।