सिपाडोल बृहत् खानेपानीको अध्यक्षमा तुल्सिनारायण लाखेमरु निर्वाचित

39

भक्तपुर । भक्तपुरको सिपाडोल बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता समिति उपसमिति १ जगाती भक्तपुरको अध्यक्षमा पुनः तुल्सीनारायण लाखेमरु चुनिएका छन् । शनिवार भएको उपसमितिको १४ औ साधारण सभा तथा दोस्रो अधिवेशनबाट लाखेमरुकै अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो । लाखेमरु यसअघि पनि अध्यक्ष नै थिए ।
निर्वाचित नयाँ कार्यसमितिको उपाध्यक्षमा सिद्धिराम त्यात, सचिवमा शिवनारायण ग्वाछा, उपसचिवमा नवीन प्रजापति, कोषाध्यक्षमा आसकुमार मचामसी निर्वाचित भएका छन् । सदस्यहरूमा हरिकृष्ण खाइतू, इन्द्रभक्त सुवाल, सुमित्रा श्रेष्ठ र लक्ष्मीनारायण खायमली निर्वाचित भएका छन् । नवनिर्वाचित कार्यसमितिको शनिवार नै भएको पहिलो बैठकबाट चार जना सदस्यहरू मनोनीत गरिएको छ । मनोनीत सदस्यहरूमा श्यामलाल श्रेष्ठ, सेतबहादुर तामाङ, उमादेवी व्याञ्जू र सुमित्रा राजचल रहेका छन् ।
यसअघि साधारण सभाको उद्घाटन बागमती प्रदेश सांसद किरण थापाले गरेका थिए । कार्यक्रममा विशेष अतिथि सूर्यविनायक नगरपालिका वडा नं ८ का वडा अध्यक्ष पुष्पराज बस्नेत रहेका थिए । उपसमिति १ का अध्यक्ष तुल्सीनारायण लाखेमरुको सभापतित्वमा भएको कार्यक्रममा सचिव शिवनारायण ग्वाछा, कोषाध्यक्ष आसकुमार मचामसी, जिल्ला समन्वय समिति भक्तपुरका सदस्य विश्वराम त्वानाबासुलगायतका पदाधिकारीहरूले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।