तेहरान । इरानी राष्ट्रपति इब्राहिम रईसीको हेलिकप्टर दुर्घटना भएको स्थान फेला परेको छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार दुर्घटनामा परेको हेलिकप्टरमा कोही पनि जीवितै रहेको कुनै सङ्केत देखिएको छैन ।
इरानी सञ्चारमाध्यमले बाहिर आएको जानकारी अनुसार अवस्था राम्रो नभएको दाबी गरेको छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार दुर्घटनास्थल हार्ड ल्यान्डिङ हुने अपेक्षा गरिएको ठाउँबाट करिब दुई किलोमिटर टाढा छ।
आइतबार इरानी राष्ट्रपति इब्राहिम रईसी र विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान चढेको हेलिकप्टर दुर्घटनामा परेको थियो ।