बागमतीको प्रतिव्यक्ति आय दुई हजार ४८४ डलर

38

भक्तपुर ।  बागमतीको प्रतिव्यक्ति आय दुई हजार ४८४ डलर नजिक पुगेको अनुमान गरिएको छ । चालु आवमा बागमती प्रदेशको प्रतिव्यक्ति आय सबैभन्दा बढी हुने अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कका आधारमा बागमती प्रदेशको दुई हजार ४८४ अनुमान गरिएको हो । यस्तै
गण्डकी प्रदेशको एक हजार ५५७, कोशी प्रदेशको एक हजार ३३६, लुम्बिनी प्रदेशको एक हजार १५९, सुदूरपश्चिम प्रदेशको एक हजार १११, कर्णाली प्रदेशको एक हजार ६६ र मधेश प्रदेशको ८९२ डलर हुने प्रारम्भिक अनुमान गरिएको छ ।
चालु आवमा राष्ट्रिय तहमा प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन एक हजार ४३४ डलर हुने प्रारम्भिक अनुमान गरिएको छ ।