नागार्जुनमा सिसीटिभी जडान गर्न सम्झौता

13

काठमाडौँ । नागार्जुन नगरपालिका र जिल्ला प्रहरी परिसर काठमाडौँबीच नागार्जुन नगरपालिका क्षेत्रमा सीसी टीभी जडान गर्न दुई पक्षबीच हस्ताक्षर भएको छ ।
शुक्रबार एक कार्यक्रमकाबीच दुबै पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नगरपालिकाको तर्फबाट नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत र जिल्ला प्रहरी परिसर काठमाडौँको तर्फबाट प्रहरी बरिष्ठ उपरिक्षक बसन्त रजौरेले हस्ताक्षर गर्नुभएको हो ।
शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउने गरी नगरपालिका र प्रहरी परिसर काठमाडौंबीच सम्झौता पत्रमा हस्ताक्षर भएको जनाइएको छ ।
हस्ताक्षर पछी नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले नगरबासीको शान्ति सुरक्षालाई उच्च प्राथािकतामा राखेर सीसीटिभी जडान गर्न लागिएको बताउनुभयो । सीसीटिभी जडानपछि नगरपालिका क्षेत्रमा शान्ति सुरक्षा कायम हुने भन्दै आगामी दिनमा सीसीटिभी जडान कार्यलाई विस्तार गर्दै जाने उहाँले स्पष्ट पार्नुभयो ।
सीसी टीभी जडान कार्यक्रमलाई निरन्तरता दिने विस्तार गर्ने, क्षमता अभिवृद्धि गर्ने, नयाँ प्रविधिको समेत उपयोग गर्न दुबै पक्षले वार्षिक रुपमा बजेट तथा कार्यक्रमहरु तर्जुमा तथा स्वीकृत गर्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
नगरपालिका क्षेत्र भित्र यस अघि विभिन्न संघसंस्था निकायबाट सीसी टिभी जडान भइ कार्यान्वयनमा रहेका सीसीटिभी प्रणालीलाई क्रमिक रुपमा सम्झौता अनुसार जडान हुने प्रणालीमा आबद्धता गर्दै लगिनेछ ।
नगरपालिकाको वडा कार्यालयबाट सीसीटिभी क्यामरा सम्बन्धी कुनै वार्षिक कार्यक्रम योजना सञ्चालन हुने अवस्थामा परिसरले योजना कार्यान्वयनका लागि प्राविधिक सहयोग गर्ने दुई पक्षबीच भएको सम्झौतामा भनिएको छ ।
उक्त सम्झौता अनुसार काम गर्ने दायित्व दुबै पक्षको हुने, सम्झौतामा कुनै प्रावधान संशोधन वा हेरफेर गर्नुपरेमा आपसी सहमतीमा पुरक सम्झौता गर्न सकिने सम्झौता कार्यान्वन भएमा कुनै द्धिविधा उत्पन्न भएमा अपसी सहमतीमा समाधान गरिने लगायतका विषय सम्झौता पत्रमा उल्लेख गरिएको नगरपालिकाकाले जनाएको छ ।
कार्यक्रममा नागार्जुन नगरपालिकाका उपप्रमुख सुशीला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारी र नगरपालिकाका प्रवक्ता महेश रिमालको सहभागिता रहेको थियो भने प्रहरी परिसरको तर्फबाट विभिन्न प्रहरी अधिकारीहरुको सहभागिता रहेको थियो ।