पुनर्कर्जाको व्यवस्था गर्न निर्देशन जारी

391

काठमाडौं। लकडाउन र निषेधाज्ञाले पिल्सिएको यातायात क्षेत्रलाई राहत पुग्ने गरी नेपाल राष्ट बैंकले निर्देशन जारी गरेको छ ।

यातायात व्यवसायीहरूलाई पुनर्कर्जा दिन राष्ट्र बैंकले बैंक तथा बित्तिय संस्थाहरूलाई निर्देशन दिएको हो । यस्तै बैंकको किस्ता तिर्ने म्यादको पुनर्तालिकीकरण पनि हुने भएपछि यातायात व्यवसायीहरू थप उत्साहित बनेका छन् ।

राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा बित्तिय संस्थाहरूलाई यातायात व्यवसायमा राहत पुग्ने गरी पुनर्कर्जा पुनर्तालिकीकरणको व्यवस्था गर्न निर्देशन दिएको हो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउन र निषेधाज्ञाका कारण यातायात क्षेत्र अस्तव्यस्त बनिरहेको अवस्थामा राष्ट्र बैंकले बैंक तथा बित्तिय संघसंस्थाहरूलाई १० देखि २० प्रतिशतसम्म पुनर्कर्जाको व्यवस्था गर्न निर्देशन जारी गरेको हो ।

यातायात क्षेत्रसंग सम्बद्ध विभिन्न संघसंस्थाहरूसंगको छलफल पछि राष्ट्र बैंकले अन्ततः व्यवसायीको हितमा निर्णय गरेपछि यातायात व्यवसायीहरू हर्षित बनेका छन् ।

यातायात व्यवसायीहरूले लकडाउन र निषेधाज्ञा अवधिको किस्ताको ब्याजदर मिनाहा गर्नुपर्ने माग गर्दै आएका छन् । यस अवधिलाई शुन्य समय मानेर ब्याज मिनाहा गर्नुपर्ने व्यवसायीको माग छ ।

राष्ट्र बैंकको यो निर्णयले यातायात व्यवसायीहरूलाई केही राहत मिलेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका निवर्तमान अध्यक्ष तथा नेपाल गणतान्त्रिक यातायात व्यवसायिक मञ्चका केन्दि«य अध्यक्ष डोलनाथ खनालले बताए । यातायात टाइम्ससंगको कुराकानीमा उनले भने “ यातायात क्षेत्र तहसनहस बनेको अवस्थामा थोरै भए पनि राहत मिलेको छ ।

अन्य समस्या समाधानका लागि पनि हामी निरन्तर छलफलमा जुटेका छौं ।” लकडाउन र निषेधाज्ञा अवधिको बीमा पनि छुट गराउनु पर्ने उनि बताउँछन् ।

अर्को तर्फ निजी र सार्वजनिक यातायातको ब्याजदर पनि समान हुनुपर्ने व्यवसायीहरूको माग रहेको छ ।