नागार्जुनमा उद्यमीले उत्पादन गरेका वस्तु प्रदर्शनमा राख्ने

19

काठमाडौँ । नागार्जुन नगरपालिकाको समन्वय तथा साझेदारी र घरेलु एवं साना उद्योग संघ काठमाडौंँका आर्थिक सहयोगमा नागार्जुनका उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुको प्रर्दशनी गरिने भएको छ ।
२०८१ साल जेठ ३०, ३१ र असार १ गते तीन दिनसम्म उत्पादित वस्तुको प्रदर्शनिमा राख्न लागेको नगरपालिकाले सोमबार सूचना जारी गरी जनाएको छ । सीतपाइला स्थित ताम्राकार हाउसको पार्किङ ग्राउन्डमा उद्यमीहरुले उत्पादन गरेका सामानको स्टल राखिने नागार्जुन नगरपालिकाले जनाएको छ ।
स्टल राख्न इच्छुक उद्यमीहरुले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र नगरपालिकामा निवेदन पेश गर्न नगरपालिकाले सूचना मार्फत सबैलाई जानकारी गराएको छ ।