काबुलमा शक्तिशाली आत्मघाती कार बम हमला

449

अफगानिस्तानको राजधानी काबुलस्थित कूटनीतिक नियोगहरु रहेको क्षेत्रमा एउटा आत्मघाती कार बम विस्फोट गराइँदा कम्तिमा ८० मानिस मारिएका र ३५० भन्दा बढी घाइते भएको बताइएको छ।

बिहानको व्यस्त समयमा जर्मन दूतावास नजिकै विस्फोट गराइएको थियो।

एम्बुलेन्सहरुले घाइतेहरुलाई अस्पताल पुर्याइरहेका छन्।

काबुलको आकाशमा ठूलो मात्रा धुवाँको मुस्लो देखिएको थियो।

 

प्रहरी

सयौं मिटर टाढाका घरहरुमा पनि विस्फोटका कारण क्षति पुगेको छ।

झ्यालका सिसाहरु फुटेको र ढोकाहरु उछिट्टएको बताइएको छ।

हमलाको अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन।