हिन्दु धर्मदर्र्शनले वास्तुशास्त्रलाई विशिष्ट स्थानमा रहेको छ । वास्तु शास्त्रमा जीवन उपयोगी विषय समावेश भएका हुनाले नै यसले विशिष्ट स्थान हासिल गर्न सकेको हो । हिन्दू धर्म दर्शन अनुसार केही यस्ता काम गर्न निषेध गरिएको छ जसका कारण मानव जीवनमा हानी पु¥याउँछ । यस्ता कामलाई सही रुपमा गर्नुभयो भने तपाईको जीवनमा त्यसले सकारात्मक असर पार्ने छ ।
कुनै पनि कुनामा सेफ राख्दा, बस्दा या फाइलहरू राख्दा त्यसको महत्व शून्य हुनजान्छ अर्थात त्यसको महत्व हुँदैन । मंगललबार या शनिबार कदापि नयाँ काम सुरु गर्नु हुँदैन । बुधबार बिहान ११ बजेपछि र शुक्रबार गरिएका काम सफल हुनेछन् । उत्तर एवम् पूर्वबाट अग्निको सामान हटाएर दक्षिण (पूर्व कोणमा राख्दा लगभग घरको सबै काम सहज रुपले सम्पन्न हुनेछ । दक्षिण पूर्व कोणमा भान्छा कोठा बनाएमा स्वास्थ्य र धनलाभ प्रायः सदैव भइनै रहन्छ ।
सदैव सुत्दा दक्षिण शिर राखेर सुत्ने । दक्षिण या ढोकातर्फ पाइताला फर्काएर सुत्दा सदैव अनर्थ मात्रै हुनेछ । विशेष लाभ चाहनुहुन्छ भने पश्चिम भित्ताको आडमा पश्चिम पैताला राखी सुत्नुहोस् । हजुरको पछाडि, झयाल, ढोका या खुल्ला हुनुहुँदैन । पछाडि भित्ता भएमा तपाईंलाई साहस एवम् साहारा मिल्नेछ ।
दिशा या पिसाब गर्दा उत्तर या दक्षिण मुख गरी गर्दा पनि दैवीय सहायता मिल्नेछ । दक्षिण( पूर्व कोणमा बस्दा मान÷सम्मान एवम् पदप्रतिष्ठा बढ्ने छ । दक्षिण भागमा पाइप, पोल या बाँस राखी उचाइ बढाउँदा पनि घरमा शुभफल पैदा हुनेहुन्छ ।
शनिबारको दिन पिपल वृक्षलाई चिनी÷पानी, चिनी÷चामल मोलेर या तेल चढाउँदा धनलाभ हुने हुन्छ ।