उपनिर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगको आह्वान

14

काठमाडौँ :- निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ।  स्थानीय तहका रिक्त स्थानमा उपनिर्वाचनको मिति तोक्नुपूर्व आयोगले मतदाता नामावलीमा नाम दर्ताका लागि आह्वान गरेको हो।

आयोगका प्रवक्ता रघुराम बिष्टले मंगलबार जारी गरेको विज्ञप्तिमा विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका देहायका उपनिर्वाचन गर्नुपर्ने स्थानीय तहभित्र मतदाता नामावलीमा नाम दतर्ता गर्न आग्रह गरिएको छ।

‘विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका देहायका उपनिर्वाचन गर्नुपर्ने स्थानीय तहभित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोग आह्वान गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष गरी हाल ३४ पद रिक्त छ। आयोगले उक्त रिक्त रहेका स्थानीय तहको सूची पनि सार्वजनिक गरेको छ।

यसअघि आयोगका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मंसिर तेस्रो साता उपनिर्वाचन गर्न सुझाव दिएको छ।