बेपत्ता भएकी श्रीमती अर्कैसँग होटलमा रंगेहात भेटीएपछि……..?

559

सर्लाही | जिल्लाको लालबन्दि नगरपालिका९ स्थित यूनाईटेड होटलबाट नक्कली अपहरित महिला सहित २ जना पक्राउ परे होटलबाट नक्कली अपहरित महिला बबिता चौहान तथा मकवानपुर मनहरी गाउँपालिका ४ हाडी खोला बस्ने रामकृष्ण गोतामेको छोरा बर्ष ४२ का बिष्णुबहादुर गोतामेलाई होटलमा सँगै बसेको अवस्थामा पक्राउ गरेका हुन् बबिता बस्नेत चौहान घरबाट काम बिशेषले बाहिर गएकी थिइन् तर बेलुका सम्म नफर्केपछि बेपत्ता भएकोले खोजतलास गरी पाउँ भनी बस्नेतका श्रीमान मेघराज चौहानले निवेदन दिएका थिए

श्रीमान चौहानले दिएको निवेदनमा बेपता भएकि श्रीमतीको नम्बरबाट बेलुका अपहरितकि दाई कुलमणी बस्नेतलाई फोन आयो श्रीमतीको मोबाइल नम्बर ९८४२६५४२७० बाट अपरिचित पुरुष मानिसले फोन सम्पर्क गरी तेरो बहिनी मेरो कब्जामा छ सकुशल चाहन्छस भने दश लाख तयारी गरी राख, प्रहरीलाई खवर गरेमा तेरो छोरा छोरी काठमाडौ के कुन ठाउमा बस्छन् तथा के कुन स्कुलमा पढ्छन मलाई सबै थाहा छ भनी फोनबाट धम्की दिईयो अपरिचित व्यक्तिले श्रीमतीलाई अपहरण गरेको हुनसक्ने आशंकामा खोजतलासका लागि उनको चौहानले झापा प्रहरीलाई निवेदन दिएका थिए

फेरी मेघराज चौहान र कुलमणी बस्नेतलाई बबिता बस्नेत चौहानको मोबाईल र फेसबुक मेसेन्जर समेतबाट ज्यान मार्ने सम्मको डर धाक धम्कीपुर्ण भाषामा पूनः फिरौती रकम रू. ३० लाख माग गरेको प्रहरी अनुसन्धानमा खुलेको छ

प्रहरी अनुसन्धानका क्रममा बबिता बस्नेत चौहानले नाटक गरेको पत्ता लाग्यो बबिता र बिष्णु गौतमको योजना र मिलेमतोमा बबिता बस्नेत चौहानले आफु अपहरणमा परेको भनी आफ्नै श्रीमान तथा दाजु समेतलाई डर धाक धम्की दिई फोन तथा सामाजिक सञ्जाल फेसबुक मार्फत पटकपटक फिरौती रकम मागेको खुलाशा भएको छ प्रहरीले बबितालाई सर्लाहीको यूनाईटेड होटलमा नक्कली अपहरणकारी सँगै बसेको अवस्थामा फेला पारेको थियो