क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु, ५ खेल सम्पन्न

32

पोखरा ।
पोखरा नदिपुरको छन्त्याल समाजघरमा क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता आजबाट सुरु भएको छ ।
पोखरा भलिबल प्रशिक्षण केन्द्रको आठौं वार्षिकोत्सवको अवसरमा आयोजित क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुरुङले पानसमा दिप प्रज्वलन गरी उद्घाटन गरेका छन् ।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य गुरुङले विभिन्न समयमा हुने प्रतियोगिताले खेलाडीहरुको सिकाईलाई अभिवृद्धि गर्नुका साथै आपसी सद्भावलाई बृद्धि गर्ने जनाएका थिए ।
पोखरा पर्यटकीय क्षेत्र बन्नुमा खेलकुदले पनि विशेष भुमिका खेलेको छ, यस क्षेत्रलाई अझ ससक्त बनाउन खेलाडीहरुको मनोवल उच्च बनाउनुपर्दछ । हामीले खेलाडीहरुको भविष्यलाई सुरक्षित गर्न नसकेमा खेलकुदको विकास दिवा सपना जस्तो हुन्छ, गुरुङले भने ।
त्यसैगरी प्रशिक्षण केन्द्रका संरक्षक पदम श्रेष्ठले आफु पनि पूर्व राष्ट्रिय खेलाडी भएको हुँदा खेलकुदमा भएका समस्या, चुनौती र समाधानका विषयप्रति नजिकबाट नियालेको बताए । संरक्षक श्रेष्ठले खेलकुद क्षेत्र र खेलाडीहरु प्रति राज्यले आफ्नो दायित्व पूर्ण रुपमा निर्वाह गर्न सकेमा भविष्य खोज्न खेलाडीहरु विदेशिनु नपर्ने अवस्था आउने उल्लेख गरे ।
त्यसैगरी अन्तराष्टि..य भलिबल रेफ्री टहल सिंह थापा मगरले प्रतियोगिता र नियमको बारेमा जानकारी गराउदै सपथ लिएका थिए भने राष्ट्रिय खेलाडी सञ्जु विक्रम शाहले खेलाडीको तर्फबाट सपथ लिएका थिए ।
कार्यक्रम संयोजक मनोज खड्काले कार्यक्रम सहयोगीहरुप्रति धन्यवाद व्यक्त गर्दै प्रतियोगिताको प्रत्यक्ष प्रसारण पब्लिक फोरके टेलिभिजनबाट भएको जानकारी गराएका थिए ।
अशोक थापाले सञ्चालन गरेको उद्घाटन कार्यक्रम प्रशिक्षण केन्द्रका संरक्षक पदम श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने अध्यक्ष कुलबहादुर छन्त्याल (कुशल)को अध्यक्षतामा भएको थियो ।
पहिलो चरणका ५ खेलहरु सम्पन्न
महिलातर्फ शान्ता भलिबल प्रशिक्षण केन्द्र र बागलुङ दोस्रो चरणमा
पोखराको नदीपुरमा जारी क्लवस्तरीय भलिबल प्रतियोगितामा पहिलो चरणका ५ खेलहरु सम्पन्न भएका छन् ।
पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा सोमबारदेखि शुरु प्रतियोगितामा पुरुषतर्फ ३ र महिलातर्फ २ खेलहरु सम्पन्न भएका हुन् ।
महिलातर्फ शान्ता भलिबल प्रशिक्षण केन्द्र पोखरा र भलिबल समूह बागलुङ प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेका छन् । शान्ता भलिबल प्रशिक्षण केन्द्र पोखराले गीता जुम्बा पोखराको टोलीलाई २५–६ र २५–१० को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो ।
प्रतियोगिताको अर्को खेलमा भलिबल समूह बागलुङले अनिल भलिबल गु्रप पर्वतलाई २८–२६, २५–१७ र २५–१८ को जीत दर्ता ग¥यो । महिलातर्फको प्रतियोगिता नकआउट नियमका आधारमा खेलाइएको र पहिलो चरणका खेलहरु बेस्ट अफ थ्रि नियममा खेलाइएको आयोजकले जनाएको छ ।
जारी प्रतियोगितामा पुरुषतर्फ बुधबार नेपाल युथ स्पोर्टस क्लव जापान, सशस्त्र प्रहरी बल एपीएफ पोखरा र गलकोट स्पोर्टसले जीत दर्ता गरेका छन् ।
सञ्जुविक्रम शाह, रेशम छन्त्याललगायतका खेलाडी सम्मिलित नेपाल युथ स्पोर्टस क्लव जापानले आयोजक पोखरा भलिबल प्रशिक्षण केन्द्र पोखरालाई २५–१५ र २५–१२ को सोझो सेटमा पराजित ग¥यो ।
पुरुषतर्फको दोस्रो खेलमा एपीएफ पोखराले अन्नपूर्ण गाउँपालिकाको टोलीलाई २५–१९ र २८–२६ ले पराजित ग¥यो । लिगकम नकआउट नियमानुसार खेलाइएको पुरुषतर्फको खेलका पहिलो चरणहरु समेत बेस्ट अफ थ्रि नियमानुसार खेलाइएको थियो ।
प्रतियोगिताको अन्तिम खेलमा गलकोट स्पोर्टस क्लव बागलुङले भलिबल टिम पर्वतलाई २३–२५, २५–२० र २५–१७ ले पराजित ग¥यो । बिहीबार महिलातर्फका २ र पुरुषतर्फ ४ खेलहरु हुने आयोजकले जनाएको छ ।